मध्यपुर महोत्सवका अवसरमा, पर्यटकहरूलाई सहजता र स्थानीय अनुभव प्रदान गर्न ५० जना युवालाई लोकल गाइडको रूपमा प्रशिक्षण दिने योजना अघि सारिएको छ। यस उद्देश्यका लागि नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (NATHM) का हेड अफ डिपार्टमेन्टका पूर्व प्रमुख तथा पर्यटन विज्ञ कृष्ण खरेलसँग विशेष छलफल सम्पन्न भएको छ।
यो पहलले पर्यटकहरूलाई स्थानीय सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पक्षहरूको ज्ञान प्रदान गर्न मात्र होइन, पर्यटनसँग सम्बन्धित अवसरहरू सृजना गरी स्थानीय युवाहरूलाई स्वरोजगारको बाटोमा अग्रसर गराउने लक्ष्य राखेको छ। छलफलका क्रममा प्रशिक्षणको पाठ्यक्रम, गाइडको भूमिका, र पर्यटन प्रवर्द्धनको रणनीतिबारे गहन कुराकानी भएको थियो।
सचिवालयले यस कदमले मध्यपुर महोत्सवलाई थप व्यवस्थित र आकर्षक बनाउने विश्वास लिएको छ। यसले स्थानीय सामुदायिक संलग्नता र पर्यटन व्यवसायको दीगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।