थिमि लाय्‌कू परिसर

थिमि लाय्‌कू परिसर, थिमिको सांस्कृतिक र धार्मिक केन्द्र हो, जहाँ बालकुमारीका मूर्तिहरू राखेर विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिहरू सञ्चालन गरिन्छ।

मध्यपुर थिमि नगरपालिका वडा नं ४ मा रहेको थिमि लाय्‌कू परिसर थिमि बस्तीको मध्यभागमा अवस्थित छ । हाल यस परिसरमा आदर्श उच्च माध्यमिक विद्यालय संचालन भइरहेको छ भने एउटा भवनमा लाय्‌कूको तलेजु रहेको छ । थिमिको मूल सडकमै रहेको यस परिसर झण्डै ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस परिसरमा विद्यालय संचालनमा रहेको भए पनि यस परिसरको एउटा दक्षिणी छेउको एक भवनलाई तलेजुको रुपमा धार्मिक एव्‌म सांस्कृतिक क्रियाकलापहरु सम्पन्न गर्ने गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

थिमि लाय्‌कूको स्थापना सम्बन्धमा कुनै प्रकारको जानकारीमूलक सामग्री हालसम्म फेला परेको छैन । स्थानीय बुढापाकाहरु यस लाय्‌कूको मुख्य भवन नौ तले रहेको बताउँछन् यद्यपी जसको आधिकारिक पुष्ट्याईं गर्न बाँकी नै छैन । त्यसो त लाय्‌कू वरपर ढलनिर्माणको क्रममा जमिन खन्ने क्रममा भेटिएका पुरातात्विक महत्वका ईंटाहरुले यसको प्राचीनताबारे केहि संकेत गरेको छ । यसले लाय्‌कू परिसरमा उत्खनन् एवम् थप अनुसन्धानलाई औंल्याएको छ । लाय्‌कू प्रांगण बाहिर मूल सडकमा रहेको थिमिको एक मात्र शिखर शैलीको मन्दिर (ताहादेगः) इन्द्रसिंह दुवालद्धारा नेसं ७६९ मा निर्माण गर्न लगाएको तथ्य मन्दिरको शिलालेखमा अंकित छ ।

ख) सांस्कृतिक महत्व

थिमि लाय्‌कू स्थानीय संस्कृतिमा अत्यन्त महत्वपूर्ण स्थान राख्ने सम्पदा हो । यो स्थान थिमिको नगरदेवता बालकुमारीको बासस्थान पनि हो । जात्रा गरिने बालकुमारीको पाँच मूर्तिलाई यसै परिसरभित्र रहेको तलेजु भवनमा राख्ने गरिन्छ । भनिन्छ उक्त मूर्तिलाई जात्रा सकिए लगत्तै तलेजुको कुनै भित्ताभित्र राखेर माटोले टालिन्छ जुन स्थान पछि भित्ता टाल्ने व्यक्ति स्वयम्लाई समेत थाहा हुँदैन । तर जब बिस्का जात्रा नजिकिन्छ बालकुमारीको मूर्ति भएको स्थानको भित्ता चर्किन थाल्छ र त्यसैको आधारमा भित्ता फोरेर जात्राको लागि मूर्ति निकालिन्छ । यसैगरी बालकुमारीको चढाइएको तिसा (गहना) पनि यहि तलेजुभित्र भण्डारण गरिन्छ ।
दशैंको चालं (विजयादशमी) को भोलिपल्ट लाय्‌कूबाट खां (पायाः) निकालिन्छ । लाय्‌कू सम्बद्ध विभिन्न थरका स्थानीय समुदायहरुको संलग्नतामा पायाः सम्पन्न हुन्छ । यसैगरी बिस्काजात्रामा पनि लाय्‌कूको भूमिका उत्तिकै गहन र निर्णायक हुन्छ । खतजात्रा प्रारम्भ हुनुभन्दा ८ दिन अघि लाय्‌कूमा बालकुमारीको तिसा निकाल्ने, पखाल्ने र सुकाउने कार्य हुन्छ भने जात्रा अवधिभर विभिन्न सांस्कृतिक क्रियाकलापहरु सम्पन्न गरिन्छ । बिस्काजात्राको पूर्वसन्ध्यामा थिमिका जेष्ठ नागरिकको घरबाट निकालिने मिखुमेय् यात्रा पनि लाय्‌कूका पदाधिकारीहरुको नेतृत्व र तजबिजमा सम्पन्न हुन्छ । यसबाहेक बिस्का जात्राको संचालन, व्यवस्थापन र नियमन लाय्‌कूबाट हुने गर्दछ । नगरदेवता बालकुमारी मू तिसा (मूल गहना) लाय्‌कूबाट निकालेर क्वलाखुटोल स्थित बालकुमारी मन्दिरमा प्रवेश गराएपछि औपचारिक रुपमा थिमि बिस्काजात्राको खतजात्रा प्रारम्भ हुन्छ भने बालकुमारीकै नेतृत्वमा बैशाख २ गते संचालन हुने खतजात्राको क्रममा बालकुमारी यस लाय्‌कू परिसरमा प्रवेश गरेपश्चात् औपचारिक रुपमा उक्त वर्षको थिमिको बिस्काजात्रा सम्पन्न भएको मानिन्छ । यसक्रममा बालकुमारी लाय्‌कू प्रवेश गरे लगत्तै अन्य खतलाई पनि लाय्‌कू प्रवेश गराइन्छ र बालकुमारी लगायत अन्य खतहरु यहाँ विसर्जन गरेर केहि समय रमाइलो गरिन्छ । अन्तमा बालकुमारी यहि विसर्जन गरिन्छ भने अन्य खत बालकुमारीको खत परिक्रमा गरि आफ्नो टोल, स्थानमा फर्किन्छ ।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book

Location Map