सजंबुजं भ्वय्

दुलही भित्र्याइसकेर थांब्व खुवाइसकेपछि सजंबुजंको तयारी गरिन्छ । यस क्रममा दुलहा,दुलही, लमि, दुलहीको मामा र सुकुना बोक्ने मिलाः* गरी ५ जना विशेष भोज खुवाइन्छ । जसलाई सजंबुजंभ्वय् भनिन्छ ।

सजंबुजंब्व तयार गर्ने विधि

लप्तेको बीचमा दुई मुट्ठी बजि राखेर यसको अघिल्तिर माय्वः, लापिवः र खँवः लाई क्रमशः एक अर्को माथि खप्ट्याएर राखिन्छ । यसको दायाँतिर क्रमशः फःसि, पालुकक, तुइजु, साखः, घ्यो र ६ थोप्ला पंला राखिन्छ । यसमा एकपछि अर्को गरी लहरै वा पालुककलाई बाहिरतिर र तुइजुलाई भित्रतिर, साखःलाई बाहिर तिर घ्योलाई भित्रतिर पर्ने गरी पालुकक र तुइजु तथा घ्यो र साखः लाई जोडी जोडी बनाएर पनि सजाउन सकिन्छ । यसपछि माय्वःको बायाँतिर क्रमशः वाउँचा, कमुघासा, खपिचपि, म्ये, नुगः, भ्वर, आति, नलू, क्वें सजाइन्छ । यसै लहरको अन्तिममा बजिको बायाँतिर तःखा राखिन्छ । अन्तमा वः र बजिको बीचमा ग्वःखें एवम् खपिचपि र बजिको बीचमा गोलमा राखेर ब्व तयार पारिन्छ । यदि बलि पूजा गरिएको छ भने वाउँचा र बजिको बीचमा मूला पनि राख्ने गरिन्छ । यसरी तयार भएको ब्वको अघिल्तिर अय्लाः ले भरिएको सलि राखेपछि  सजंबुजं तयार हुन्छ ।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book