त:खा सामान्य मासु परिकारभन्दा फरक परिकार हुन्। त:खा भैंसीको छालासहितको मासु, नून, जिरा पाउडर, अदुवा-लसुनको पेस्ट, मेथी, र तोरीको तेल प्रयोग गरी बनाइन्छ। भैंसीको मासु र हड्डी छुट्टाछुट्टै पकाएर आवश्यक मसला मिसाई, रातभर माटोको भाँडामा राखिन्छ, जसले जेलीको रूप लिन्छ। यी परिकारहरू पर्वका अवसरमा र जाडो मौसममा दैनिक रूपमा रमाइलोका साथ खाइन्छ।