महालक्ष्मी मन्दिर

मध्यपुर थिमि नगरपालिका-८, बोदेको भांगुटोलमा रहेको महालक्ष्मी मन्दिर प्राचीन देवीदेवताका मन्दिर, चैत्य, सतल पाटी, दबली र मूर्तिहरूले सुसज्जित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको सम्पदा हो, जहाँ विविध सांस्कृतिक गतिविधि र जात्राहरू मनाइन्छ।

महालक्ष्मी मन्दिर परिसर

महालक्ष्मी मन्दिर परिसर मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेस्थित भांगुटोलमा अवस्थित छ । भांगुटोल ऐतिहासिक बोदे नगरकोमध्यभागको उत्तरी किनारामा पर्दछ । मन्दिर परिसरभित्र विभिन्न देवीदेवताहरुको ससाना मन्दिर, धर्मधातुचैत्य, सतल पाटी, दबली जस्ता सम्पदाहरु रहेका छन्। यस परिसरको करिब मध्यभागमा पश्चिमाभिमुख पगोडा शैलीको महालक्ष्मी मन्दिर रहेकोछ । मन्दिर दुईतलाको रहेको छ । मन्दिर ठिक अगाडि पश्चिमतिर करिब ……….मिटरको दुरीमा दबली र दबलीको उत्तर र पश्चिमतिर सतलपाटी (बिनोद दाइ) रहेको छ । जसमा हाल वडा कार्यालय रहेको छ । मन्दिरको पछाडि पूर्वतिर धर्मधातु चैत्यको स्थापना गरिएको छ । जसमा रहेको शिलालेख अनुसार उक्त चैत्य नेसं ९२८ मा निर्माण गरिएको हो । धर्मधातु चैत्यको पूर्व, पश्चिम, उत्तर र दक्षिणमा क्रमशः अक्षोभ्य, अभिताभ, अमोघसिद्धि र रत्नसंभवको मूर्ति प्रतिष्ठापन गरिएको छ । त्यसैगरी मन्दिरको उत्तरतिर नेसं ८१९ मा बनेको भजनपाटी छ भने यसै दिशामा एक तल्ले पगोडी शैलीको गणेश मन्दिर र गजूर शैलीको नृत्यनाथ मन्दिर रहेको छ । यस बाहेक यस परिसरभित्र विभिन विभिन्न ससाना मूर्तिहरु स्थापना गरिएका छन्। पछिल्लो पटक २०५७ सालतिर मात्रै जीर्णोद्धार गरिएको यस महालक्ष्मी मन्दिर प्रांगणमा सम्पन्न हुने विभिन्न सांस्कृतिक क्रियाकलापहरुले यसको महत्वलाई दर्शाउँछ । यसबाहेक मन्दिरको ऐतिहासिक र कलात्मक पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

क) ऐतिहासिक पृष्ठभूमि

महालक्ष्मी मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सम्बन्धमा ठोस जानकारी प्राप्त भएको छैन । तर मन्दिर परिसरमा भएका विभिन्न शिलालेखले मन्दिरको स्थापनाबारे किटान गर्न नसकेपनि यसको समयसमयमा हँुदै आएको जिर्णोद्धार र विकासबारे थाहा हुन्छ । मन्दिरको मूलद्धारमा कुँदिएको विवरण अनुसार ने.सं. ७४९ मा समरसिंह र उनकी श्रीमति सहितले तोरण, इलां आदि दान गरेको उल्लेख छ । यद्यपी उक्त इलां मन्दिर बन्दै गरेको समय वा पछि कुनै समयमा चढाएको हो प्रष्ट छैन । यसैगरी ने.सं. ७७२ को अर्को अभिलेखमा उक्त मन्दिरमा दुईवटा सिंह स्थापना गरेको उल्लेख छ भनेमन्दिरकोलु“झ्याः (स्वर्णझ्याल) ने.सं. ८१० मा बनाएको कुरा अर्को अभिलेखबाट थाहा हुन्छ । ने.सं. ८१३ को अभिलेखमा मन्दिरको विशेष पूजाको लागि ३२ रोपनी जग्गा चढाएको उल्लेख पाइन्छ । यसबाहेक ने.सं. ८३३, ८५७, ८६०, ८५९ अंकित अभिलेखहरुमा विभिन्न समयमा विभिन्न व्यक्ति वा दाताले यस मन्दिरको लागि थरीथरीका कलाकृति चढाएको र पूजा तथा गुथि संचालनकोलागि जग्गा प्रदान गरेको विवरणहरु पाइन्छ ।

ख) सांस्कृतिक महत्व

महालक्ष्मी मन्दिरको सांस्कृतिक पक्ष रोचक मात्रै छैन स्थानीय जीवनशैलीमा यसले निकै ठूलो महत्व राख्दछ । विभिन्न चाडपर्व र अवसरमा गरिने पूजाआजाको साथै यस मन्दिरसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न परम्पराहरुले यसको महत्वलाई उजागर गर्दछ । वर्षभरी बोदे नगरक्षेत्रभित्र बनाइने चाडपर्वहरुमा यहाँ विभिन्न सांस्कृतिक क्रियाकलापहरु सम्पन्न हुन्छ । यसमध्ये हरेक वर्ष चैत्र मसान्तबाट प्रारम्भ हुने बिस्काजात्रामा यस मन्दिर प्रांगण थुप्रै क्रियाकलापहरु सम्पन्न हुन्छ । यस क्रममा महालक्ष्मी मन्दिर अघिल्तिर यःसि“ थनेगु (विशेष जातको लामो रुख काटेर बनाइएको काठको खम्बा वा स्तम्भलाई मन्दिरको अगाडि ठड्याउने कार्य) गरिन्छ । यसैगरी वैशाख १ गतेका दिन यस मन्दिरमा क्षमा पूजा गरिन्छ भने यसै दिन गुथियार (कुन गुथि?) ले घरमै बुनेको ३२ हात लामो पताः (ध्वजापताका, विशेषगरी मन्दिर सजाउनको लागि प्रयोग गरिने विशेष प्रकारको गहना) चढाइन्छ । यसक्रममा मन्दिरको टुप्पामा पुगेर गुथियारले उक्त पताःको एक छेउ गजूरमा बाँधेर खसाल्छ । उक्त पताःलाई मूलगुरुले आफ्नो ओढ्नेमा थाप्नुपर्दछ । यसक्रममा उक्त पताः भुईमा प¥यो भने देशमा विघ्नबाधा पर्छ भन्ने स्थानीय जनविश्वास रहेको पाइन्छ । यसैदिन अन्नरस (चामलबाट निर्मित थ्वँ वा एक प्रकारको अमल) चढाउने क्रियाकलाप सम्पन्न हुन्छ । यो कार्य स्थानीय पश्ताः गुथि मार्फत् सम्पन्न हुन्छ ।

यसक्रममा १२ कुरुवा चामलबाट निर्मित अन्नरसको भाँडोलाई मन्दिरको अघिल्तिर स्थापना गरिन्छ र उक्त अन्नरसलाई सोहि दिनको साँझ गुथिका थाकुलिं (गुथियारमा सबभन्दा जेष्ठ व्यक्ति) को उपस्थितिमा ३ मानाको सोमा (थ्वं राख्ने प्रयोजनको लागि विशेष आकारमा बनाइएकोटुटीसहितको माटोको घैंटो) मा सारेर मन्दिरभित्रकोमहालक्ष्मी र भैरवनाथको मूर्तिको बीचमा रहेको सानो खाल्टोमा खन्याइन्छ । यसलाई स्थानीय भाषामा गलः थनेगु(खाल्टो भर्ने) भनिन्छ । कुनै वर्ष उक्त खाल्डो४–५ सोमा अन्नरस खन्याउँदा भरिन्छ भने कुनै वर्ष २०–२२ सोमा अन्नरस भर्नुपर्दछ । यसरी खन्याउँदा धेरै अन्नरस लाग्यो भने उक्त वर्ष वर्षा राम्रो नहुने बेलैमा धान रोप्ने नपाइने अनुमान लगाइन्छ । यसबाट स्थानीय जनजीविकामा समेत महालक्ष्मी मन्दिरको प्रभाव र महत्व रोचक एवम्महत्वपूर्ण रहेको थाहा हुन्छ ।

महालक्ष्मी मन्दिरको सांस्कृतिक महत्वको चर्चा गर्दा बिस्का जात्रामा बोदे नगरभित्र सम्पन्न हुने७ देविदेवताहरुको खतजात्राको नेतृत्व यिनै महालक्ष्मीले गर्दछ भने बिस्काजात्रा कै क्रममा बैशाख २ गतेका दिन सम्पन्न हुने प्रसिद्ध म्ये प्वाःखनिगु (जिब्रो छेड्ने) जात्रासँग पनि यसको सम्बन्ध अन्योन्याश्रित रहेको छ । यस क्रममा जिब्रो छेडिसकेपछि नगरपरिक्रमा पश्चात् मुलु (सुइरो) लाई यिनै महालक्ष्मी मन्दिर परिसरमा पुगेर निकाल्ने र मन्दिरको उत्तर पट्टि रहेको गणेश मन्दिरको थाम वा निदाल ठोकिन्छ । यसबाहेक बोदेको प्रसिद्ध द्यःप्याख“ (नीलबाराही नाच) महालक्ष्मी मन्दिर परिसरमा पुगेर विशेष नाच सम्पन्न गर्नुपर्ने परम्परा रहि आएको छ ।

ग) कलात्मक महत्व

दुईतलाको यस मन्दिरको जीर्णोद्धार केही वर्षअघि मात्र गरिएको (कुन सालमा) थियो । झिंगटिले छाएको यस अघिको छानालाई जीर्णोद्धारपछि तामाले छाएको छ । मन्दिरको टुप्पोमा तीनवटा गजूर प्रतिस्थापन गरिएको छ भने मन्दिरकोपहिलो छाना माथि अघिल्तिर अर्को एउटा गजूर पनि राखिएको छ । यसलेमन्दिरमा शुरुमा एकतलाकोरहेकोलाई कालान्तरमा दुईतला बनाइएको थाहा हुन्छ । झण्डै ४० फिट अग्लो मन्दिरको कलात्मक पक्ष निकै आकर्षक रहेको छ । मन्दिरको पहिलो छाना मुनितिर मन्दिरको चारैतिर राखिएकोकलात्मक बुट्टा कुँदिएको भोसुझ्याः लेमन्दिरको सौन्दर्यलाई निखारेको छ । उक्त भोसुझ्याः मुनि हरेक मोहडामा स्वर्णलेपन गरिएको पाताले मोडेको बुट्टेदार एकमुखी तिकिझ्याः र दोस्रो छानामुनि एकमुखी तिकिझ्याः राखिएको छ ।
मन्दिरभित्र २ जति हात लामो दुईवटा शिलालाई घोप्ट्याएर राखिएको छ जसलाई भैरव र महालक्ष्मी मानिन्छ । यस शिलामाथि स्वर्णलेपन गरिएको छिफ्वः राखिएको छ जसमा महालक्ष्मी, कुमारी र चामुण्डाको मुर्ति कुँदिएको छ भने यसको ठिम मुनि दायाँबायाँ क्रमशः गणेश र कुमारको मूर्ति अंकित छ । उक्त मूर्ति एवम्शिला ठिकको माथि सिलिंगमा स्वर्णलेपन गरिएको इलां राखिएको छ । मन्दिरको वरपर चाकःमतः राखिएको । मन्दिरको ठीक अघिल्तिर कलात्मक स्तम्भमाथि स्थापित नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोकेको स्वर्णलेपन गरिएको सिंहको प्रतिमाले मन्दिर र मन्दिर परिसरको कलात्मक पक्षलाई अझै आकर्षक बनाएकोछ ।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book

Location Map