
मध्यपुर महोत्सव २०८१
प्राचीन नगरी मध्यपुर आफ्ना जीवन्त इतिहास, कलाकौशल र परम्परागत जीवनशैलीका साथ आफ्नो वृत्तान्त र परिवेश सुनाउन तयार भई बसेको छ । मध्यकालीन शिल्पकला, मूर्त अमूर्त इतिहासका पानाहरू अनि नेवा सभ्यताको जरामा बसेका अवयवहरूका साथ आफ्नो सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न मध्यपुर नगरपालिकाले मध्यपुर महोत्सव यही आउँदो २०८१ पुस १२, १३ र १४ सम्म आयोजना गर्दै छ । मध्यपुर महोत्सवको प्रवर्धन र प्रचारका लागि यहाँहरूको सक्रिय सहभागिताका रहनेछ भन्ने अपेक्षाका साथ महोत्सव को प्रवर्धन र प्रचारका लागि आआफ्नो सञ्चार माध्यमबाट साथ दिनुहुन सादर आग्रह गर्दछौँ ।
मध्यपुर महोत्सव मूल समारोह समिति